नेभिगेशन
समाचार

कांग्रेस चुनावी तालमेलका लागि तयार, तर पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार

काठमाडौं - स्थानीय चुनावमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा भने गठबन्धनका लागि एक देखिएको छ । उसले ‘स्थिर सरकार’ का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाउने र पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ । ६ दिनसम्मको छलफल आज (सोमबार) सक्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको छ । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार