नेभिगेशन
समाचार

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिएको छ । बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय  बैठकले गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निषकर्ष छ । बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । तर, पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निणर्यहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ । बैठकका निर्णयहरू
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार