नेभिगेशन
समाचार

नेपालको आन्तरिक मामिलामा नबोल्न शक्ति राष्ट्रलाई हामीले भन्न सक्नुपर्छ : सांसद देव

काठमाडौँ– राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाल शक्तिराष्ट्रको खेल मैदान बन्न नहुने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो आन्तरिक मामिलामा नबोल्न शक्ति राष्ट्रहरूलाई भन्न सक्नुपर्ने बताएका हुन् । उनले नेपालको विषयमा अन्य राष्ट्र बोलेमा त्यो आन्तरिक मामिलामा हस्तक्षेप हुने भएकाले यसबारेमा सरकार र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए । एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा शक्ति राष्ट्रहरूले आफू अनुकुल बोलेको भन्दै उनीहरुले नेपाललाई खेल मैदान बनाउन लागेको सांसद देवको दाबी छ । उनले नेपाल कुनै पनि शक्ति राष्ट्रहरुको खेल मैदान बन्न नहुने भन्दै राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण पनि गराए । शक्तिराष्ट्रले नेपाललाई खेलमैदान बनाउन लागेको उनको आरोप थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार