नेभिगेशन
समाचार

दिल्लीमा प्रचण्ड र आरजुको भेटलाई एमालेले भन्यो, ‘सत्ता बाँडफाँटको भद्दा झल्को’

काठमाडौँ - भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटलाई एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्ता बाँडफाँडको भद्दा भल्को भन्दै टिप्पणी गरेका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’

२०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन उनीहरूको बीचमा भेटघाट भएको आशंका उनले गरेका छन् ।

उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री देउवाकी पत्नी देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गङ्गा दाहालको उपस्थिति रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार