नेभिगेशन
समाचार

जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ जनाको सामूहिक राजीनामा

वीरगञ्ज - जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्यसहित ६९ नेता-कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएका हुन् । शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टचार हाबी भएको आरोप लगाउँदै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पूँजी हुनेहरुको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताएका छन् । उनले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरु हाबि हुँदै गएको र पार्टीका अरु नेता, कार्यकर्तालाई बेवास्त गर्दै गएकाले राजीनामा दिनु परेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार