नेभिगेशन
समाचार

गभर्नरबारे कानुनविदसँग परामर्श गरेर अघि बढ्छु : प्रधानमन्त्री

काठमाडौँ– नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

वाईसीएलले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको छ । साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले विवादित गभर्नर अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताएका छन्।

वाईसीएलले बुझाएको ७ बुँदे ज्ञापनपत्र बुझ्दै उनले गर्भनरबारे के गर्ने भन्ने विषयमा कानुनविद्सँग परामर्श लिने बताएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार