नेभिगेशन
समाचार

धरान पुगेर रविले भेटे हर्कलाई

काठमाडौँ– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई नव गठित राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले भेटेका छन् । साम्पाङको कार्यालयमै पुगरे लामिछानेले भेट गरेका हुन् । साम्पाङलाई भेटेरै शुभकामना दिन लामिछाने धरान पुगेका हुन् । उनले साम्पाङको कामबाट आफू पनि उत्साहित भएको भन्दै भेट्न आएको बताए । ‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको हुँ । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । तर सकिएछ ।’ लामिछानेले भने, ‘जनताको एकदमै अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’ लामिछाने र साम्पाङबीचको भेटबारे स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले जानकारी दिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार