नेभिगेशन
समाचार

डलरको मूल्य अहिलेसम्मकै उच्च, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार