नेभिगेशन
समाचार

देउवालाई निधिको सुझावः पार्टीभित्रका शक्तिकेन्द्र र उपकेन्द्रलाई मिलाउनुस्

काठमाडौँ– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आम चुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय कार्य समिति बैठकमा उनले पाँच दलीय गठबन्धनसँगै पार्टीभित्र पनि गठबन्धन गरेर जान आग्रह गरे । उनले भने– हामी सबैलाई थाहा छ काँग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन् । त्यसलाई मिलाएर लैजानुस् ।’ पार्टी सुदृढीकरणका लागि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्र मिलाउन आवश्यक भएको भन्दै त्यसको जिम्मेवारी सभापतिको काँधमा रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार