नेभिगेशन
समाचार

कांग्रेस बैठक आज पनि, चर्को आलोचना खेपेका महामन्त्रीद्वयले कसरी गर्लान् प्रतिवाद ?

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आआफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा पार्टी पदाधीकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् । पदाधिकारीले धारणा राखेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ । हिजोको बैठकमा गुटको भेला गरेको भन्दै शेखर कोइराला समूहको चर्को आलोचना भएको थियो । बुधबार ४८ जना केन्द्रीय सदस्यले बोलेको बैठकमा अधिकांशले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।

उनीहरूले महामन्त्रीद्वय सामाजिक सञ्जाल र मिडियामा गएर पार्टी नेतृत्व र सरकारको चर्को आलोचना गर्ने तर पार्टीको बैठकमा मौन प्राय रहने भन्दै आलोचना गरेका थिए । सभापति शेरबहादुर देउवासहित उनी पक्षका केन्द्रीय सदस्यहरूले शेखर समूहको गुटको भेला केन्द्रीय कार्यालयमै गर्न दिन व्यंग्य गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार