नेभिगेशन
समाचार

नागरिकता निरन्तरताको विकल्प छैन् : एनआएनए अध्यक्ष केसी

काठमाडौँ– सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएपछि गैरआवासीय नेपाली संघ (एनआएनए)को चहल पहल बढेको छ ।  

नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था  अनुसार यो विधेयक  प्रतिनिधि सभामा छलफल तथा पारितको लागि अगाडि बढाउने सरकारको निर्णय लगत्तै  अध्यक्ष द्वय कुल आचार्य र डा। बद्रि केसी लगायत बिभिन्न पदाधिकारीहरू काठमाडाैँमा दौडधुप गर्ने क्रम बढेको छ ।  

प्रतिनिधि सभामा छलफल तथा पारितको लागी बनाइएको विधेयकमा केही महत्वपूर्ण विषयहरू छुटेको हुनाले  विगत लामो समयदेखि नागरिकताको निरन्तरतामा काम गरिरखेका अध्यक्ष डा बद्री के सी लगायत पूर्व तथा वर्तमान पदाधिकारीहरू नेपाल सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू तथा अन्य नियोगका पदाधिकारीहरूसँग भेटघाट तथा छलफलमा व्यस्त छन्।  

नेपालको संविधानमा स्पष्ट ब्यवस्था भएको  गैरआवासीय नेपाली नागरिकतामा हामीले राजनीतिकबाहेक सबै अधिकार सहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास गरि यथासक्दो प्रकिया पुरा गरिदिनुहुन सबै भेटघाटहरूमा माग गरेको बताएका छन्। उनले राजनीतिकबाहेक सबै अधिकार सहितको नागरिकता को विकल्प नरहेको बताएका छन्। 

भेटघाटमा प्रधानमन्त्री देउवाले के भने ? प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले  नागरिकता विधेयक अगाडि  बढाएको बताए ।

 संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए। उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतोलगायतका पदाधिकारीहरूले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरे।

कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक, युरोप क्षेत्रका युवा संयोजक , पूर्व आइसिसि सदस्य  लगायतका प्रतिनिधिहरू, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

भेटघाटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले के भने?

गैरआवासीय नेपाली संघ  अध्यक्ष डा बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको थियो ।भेटमा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक सबै अधिकार सहितको नागरिकता दिन एमाले निकै सकारात्मक रहेको बताए ।

गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यताअनुरूप  नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए ।  उनले नेपालको राजनीतिमा आउन चाहनेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए ।उक्त भेटमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरि कार्यान्वयन गर्न आग्रह गरे ।

भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्ड के भन्छन?

गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले  पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग उनको निवास खुमलटारमा गई भेटघाट गरि प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेका थिए । उक्त अवसरमा संघका पदाधिकारीहरूले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षज्यू लगायत नेकपा माओवादी केन्द्र प्रति हार्दिक धन्यवाद प्रकट गर्दै  यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधनन गर्न हार्दिक आग्रह गरे।

भेटघाटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना के भने? गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनासँग भेटघाट गर्यो । उक्त भेटघाटमा संघका  प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषय गर्नु पर्ने  सुधार प्रतिनिधि सभाले गर्नेछ र राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि यथासक्दो छिटो  छलफल गरि प्रक्रिया पुरा गरिदिने जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार