नेभिगेशन
विज्ञान प्रविधि

निर्दोष ठहरिए फेरि शर्मा नै अर्थमन्त्रीः नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् ।

अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे । पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए ।

अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वाभाविक रूपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ । उनले छानबिन समितिले नै सत्य तथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्