नेभिगेशन
समाचार

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पायो पूर्णता

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार-चार सदस्य निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भए । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित भएका हुन् । कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार