नेभिगेशन
समाचार

माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । बैठक अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता गणेश शाहले जानकारी दिएका छन् । शाहका अनुसार आजको बैठकका कार्यसूचीबारे जानकारी दिइएको छैन । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बिहान साढे ८ बजेसम्मका लागि सरेको थियो । स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको हो । माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो । ८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन । महासचिवका दाबेदार बढ्दै जाँदा प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ । यसअघि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार