नेभिगेशन
समाचार

एमाले नेता भूसाललाई कारवाहीको सिफारिस

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही हुने भएको छ। अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई कारवाहीको लागि सिफारिस गरेको हो। एमाले सचिवालयको बैठकले पार्टीको हित विपरीत गएकाले उनलाई कारवाहीको सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए। पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा, नीतिको विरुद्धमा बोल्ने र पार्टीको विधान विपरित कार्य गर्नेलाई कारवाही हुने उनले बताए। स्थानीय चुनावपछि भूसालले एक अन्तर्वार्तामा अध्यक्ष ओलीको आलोचना गरेका थिए।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार