नेभिगेशन
समाचार

चितवन पुगेर कांग्रेसका प्रवक्ताले भने - 'भावनाले मात्रै परिणाम आउँदैन'

चितवन - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताएका छन् । शुक्रबार कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले सो कुरा गरेका हुन् । गठबन्धनको रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताउदै उनले अहिलेको पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने बताए । पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उनको भनाइ थियो । आगामी मङ्सिरमा प्रदेश र सङ्घको निर्वाचन हुने भन्दै उनले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । यस्तै उक्त कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक हुन जरुरी रहेको भन्दै कांग्रेसले हा¥यो भने देशले पनि हार्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार