नेभिगेशन
समाचार

काठमाडौं महानगरको बैठक अब प्रत्येक महिनाको पहिलो सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको बैठक अब प्रत्येक महिनाको पहिलो सोमबार बस्ने भएको छ । शुक्रबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अब प्रत्येक महिनाको पहिलो सोमबार महानगरको प्रमुखको अध्यक्षतामा सबै निकायहरूको व्यवस्थापन तथा कार्यकारी भूमिकामा रहेका पदाधिकारीहरूको सहभागीतमा समन्वय समितिको बैठक बस्ने निर्णय गरेको हो । यस बैठकमा भइरहेको कामकारबाहीहरूको समीक्षा हुने बताइएको छ । यस्तै आजको बैठकले भौतिक पूर्वाधारका कामहरु गर्दा तीनै तहका सरकारी निकायहरुसँग समन्वय गरेर निर्णय गर्ने पनि निर्णय गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार