नेभिगेशन
समाचार

काठमाडौंका मेयर बालेन्द्र र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको खुलेको छ । हालै काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्रले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । बालेन्द्रले ओलीलाई भेट गरेको बारे मंगलबार नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनले पार्टी अध्यक्ष ओली र काठमाडौं महानगरपालिका मेयर शाहबीच ओली निवास बालकोट भक्तपुरमा नै भेटवार्ता भएको बताएकी छिन् । उनलै उनीहरुबीचको भेटवार्ता अर्थपूर्ण भएको पनि बताएकी छिन् । उनि लेख्छिन् - 'अर्थपूर्ण भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बिच भेट, ओलि निवास, बालकोट, भक्तपुर। फेरि पनि बधाई छ बालेन जि।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार