नेभिगेशन
समाचार

अरूले जस्तो अर्थमन्त्रीको ब्रिफकेस खोसेर करका दर व्यापारीका हातमा दिँदैनौं - बिष्णु रिजाल

काठमाडौं – नेकपा एमालेका नेता बिष्णु रिजालले सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति एमालेको सख्त आपत्ति रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता रिजालले सो कुरा गरेका हुन् । बजेटप्रति एमालेको गम्भीर असहमति रहेको भन्दै उनले यसो हुँदैमा आफूहरुले विगतमा अरूले जस्तो अर्थमन्त्रीको ब्रिफकेस खोसेर करका दर व्यापारीका हातमा नदिने बताए । उनले भने - "बजेटप्रति नेकपा (एमाले) को सख्त आपत्ति छ, गम्भीर असहमति छ । तर, यसो हुँदैमा हामी विगतमा अरूले जस्तो अर्थमन्त्रीको ब्रिफकेस खोसेर करका दर व्यापारीका हातमा दिँदैनौं, कुर्सी तोडफोड गर्दैनौं, सभामुखको घॉटी अँठ्याउन जॉदैनौं । " उनले यस बिषयमा आफ्ना सांसदहरूले शालीनताका साथ असहमतिहरू राखिरहने पनि उनले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार