नेभिगेशन
समाचार

१२ सय ८० मत गणना गर्दा बालेन १ नम्बर मै

काठमाडौँ । काठमाडाैँकाे मेयरमा स्वतन्त्र उम्मेदवार बनेका वालेन साहको अग्रता कायमै छ । पछिल्लो अपडेट अनुसार वालेनले  ४ सय १३ मत प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार केशव स्थापित उनलाई पछ्याइरहेका छन्। स्थापितले ३ सय ६६ मत पाएका छन्। गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गरेकी छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ४१ र विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बास्कोटाले ५२ मत प्राप्त गरेकी छन्। यस्तै झ्याल चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । काठमाडौँमा अहिलेसम्म करिव एक हजार २ सय ८० मत गणना भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार