नेभिगेशन
समाचार

भरतपुर : एमालेको अग्रता कायमै , १५० मत गन्दा रेणु दाहाल १५ मतले पछि

चितवन - चितवनको भतरपुर महानगरपालिकामा १५० मत गणना हुँदा मेयरकी उम्मेदवार रेणु दाहाल १५ मतले पछाडि परेकी छन् । शनिबार अपराह्न ३ः४५ बजेसम्म १५० मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) की उम्मेदवार दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । उनले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसैगरी, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । अहिले वडा नं. १ को मतगणना भइरहेको छ । वडाध्यक्षमा पनि एमालेका शुक्र श्रेष्ठले ६५ र कांग्रेसका केशव महर्जनले ५९ मत पाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार