नेभिगेशन
खेलकुद

एकतर्फी जित निकाल्दै सिटी शीर्ष स्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् । आइतबार राति भएको खेलमा सिटीले न्युकासललाई ५-० गोलको फराकिलो अन्तरले हराउँदा आर्सनलले लिड्स युनाईटेडमाथि २-१ को संघर्षपूर्ण जित निकाल्यो । सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । घरेलु मैदानमा स्ट्रर्लिङले १९ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा रोड्री, ९० औं मिनेटमा फिल फोडेन र खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई जित दिलाए । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, प्रिमियर लिगको अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको छ । आइतबार भएको खेलमा आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । खेलको पाँचौं र दशौँ मिनेटमा एडीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलको २७ औं मिनेटमा लुक एलिङले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ६६ औं मिनेटमा लिड्सका डिएगो लोरेन्टले गोल गरेपनि आर्सनल २-१ ले विजयी भयो । जितसँगै ३५ खेलमा ६६ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ । लिड्स ३४ अंक जोडेर १८ औं स्थानमा रहेको छ । अर्को खेलमा एभर्टनले लेस्टर सिटीलाई २-१ ले हराउँदा वेस्ट ह्यामले नर्विचलाई ४-० ले पराजित छ । शीर्ष स्थानमा उक्लिएको सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद