नेभिगेशन
खेलकुद

आईपीएलमा चेन्नईको चौँथो जित

काठमाडौँ– साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । आइतबार राति मुम्बईमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै जारी आईपीएलमा आफ्नो आफ्नो फराकिलो जित निकालेको हो । चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रनमा समेटियो । दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे । ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय इनिङ खेले । रुतुराज गायकवाटले ४१ रन जोड्दा शिभम डुबेले ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले अविजित २१ रन जोडे । दिल्लीका एर्निच नोर्कियाले ३ तथा खलिल अहमेदले २ विकेट लिए । जितसँगै ११ खेलमा ८ अंक जोडेको चेन्नई आठौं स्थानमा उक्लिएको छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद