नेभिगेशन
खेलकुद

चेल्सीसँग उल्भ्सको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई उल्भ्सले बराबरीमा रोकेको छ । शनिबार भएको खेलमा चेल्सीले उल्भ्ससँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो । खेलको ५६ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा फ्रान्सिस्को ट्रीन्काओले गोल गर्दै उल्भ्सलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कोनोर कोडीले गोल गर्दै उल्भ्सलाई २-२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । उल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद