नेभिगेशन
खेलकुद

आईपीएल : कोलकातालाई पराजित गर्दै लखनउ शीर्ष स्थानमा

काठमाडौँ– लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । कोलकाताका आन्द्रे रसेलले ४५ रन जोड्दा सुनिल नारिनेले २२ रन जोडे । आरोन फिन्च १४ रनमा आउट भए । लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो । लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय इनिङ खेले । दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कुर्नाल पान्डया २५ रनमा आउट भए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउले ११ खेलमा १६ अंक जोडेको छ भने कोलकाता ११ खेलमा ८ अंक जोडेर आठौं स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद