नेभिगेशन
खेलकुद

लिभरपुलको उपाधि होडमा धक्का, सिटीको चुनौती

काठमाडौँ– टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै इंग्लिस प्रिमियर लिगमा लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको म्यानचेस्टर सिटीले आइतबार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ । शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायम राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ जसमा टोलीले १३ जीत र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ । ३५ खेल खेलेको टोटनहम हटस्पर्स भने ६२ अंकको साथ तालिकाको पाँचौँ स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद