पीएसजीको एन्जर्समाथि सहज जित

बिहीबार, मंसिर ८, २०७९
पेरिस—फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३–० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक(एक गोल गरे । खेलको २८ औं मिनेटमा एमबाप्पे सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा रामोसले अग्रता दोब्बर पारे । खेलको ७७ औं मिनेटमा मार्क्विन्होसले गोल गरेका थिए । जितसँगै ३३ खेलमा ७७ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ । उपाधि जित्न भने पीएसजीलाई अर्को खेल कुरेको छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका लागि कुर्नु पर्ने भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२०
प्रतिक्रिया दिनुहोस्