ब्राजिलले फराकिलो जित निकाल्दा अर्जेन्टिना बराबरीमा रोकियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं -फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकाल्दा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको हो।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे । लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल थपे ।

जितसँगै ब्राजिलले १७ खेलमा ४५ अंक जोडेको छ । ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलले यस अघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ । बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै, फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेल्नु परेको हो।

खेलको २४ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै अर्जेन्टिनाले १७ खेलमा ३९ अंक जोडेको छ । अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अर्जेन्टिनाले यस अघि नै विश्वकपमा स्थान बनाईसकेको छ ।

अर्को खेलमा पेरुले पाराग्वेलाई २-० ले हराएको छ । उरुग्वेले चिलीलाई २-० ले नै हराएको छ । कोलम्बियाले भेनेजुएलामाथि १-० को जित निकालेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्