आईपीएलमा नवप्रवेशी गुजरातको विजयी सुरुआत

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नयाँ टोली लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले सुखद सुरुवात गरेको हो । वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा राहुल टेवाटियाले अविजित रहदै सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान हार्दिक पान्डयले ३३ रन जोड्दा डेभिड मिलर र म्याथ्यु वेडले ३०/३० रन बनाए । लखनउका दुश्मन्था चामिराले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । लखनउका लागि दिपक होडाले ५५ रनको इनिङ खेल्दा आयुस बाडोनीले ५४ रनको अर्धशतकीय इनिङ खेले । गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए । जितसँगै गुजरातले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्