आईपीएल : बैंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाबले बैंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो । यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । ​ जितसँगै पन्जाबले लिगमा एक खेलबाट २ अंक जोडेको छ । पराजित बैंग्लोरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार