अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्ड क्लबसँग पराजित

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - आइतबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा भएको रोमान्चक खेलमा नेपाल थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३(१ गोलले पराजित भएको हो । उक्त खेलमा थाइल्याण्डलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गर भने नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । खेलको २४औं मिनेटमा फान्थामितले गोल गरी चोनबुरीलाई अग्रता दिलाएका थिए । यस अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्