आईपीएलमा कोलकत्ताको विजयी सुरुवात, चेन्नई ६ विकेटले पराजित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

मुम्बईमा शनिबार राति भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो ।

वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन बनाउँदा कप्तान श्रेयस एयर २० रनमा अविजित रहे ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले । कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत आज (आइतबार) दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्