नेपाल पपुवा न्यूगिनीसँग तीन विकेटले पराजित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भएको हो। योसँगै पपुवा न्यूगिनीले दुई देशीय शृङ्खला जितेको छ। शुक्रबार भएको पहिलो खेल पनि ६ रनले जितेको थियो। नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीले सात विकेटको क्षतिमा ४८.४ ओभरमा जित हासिल गरेको हो। पपुवा न्यूगिनीलाई जित दिलाउन लेगा सिअका र रिलेई हेकुरको महत्त्वपूर्ण भूमिका रह्यो। पपुवा न्यूगिनीका लागि सिअकाले ९० र हेकुरले अविजित ४८ रनको पारी खेले। त्यस्तै, सेसे बउले ३८, चार्ल्स अमिनीले ३५, चाड सपरले १६ र हिरी हिरीले १३ रन बनाए। नेपालका लागि सोमपाल कामीले तीन, पवन सर्राफले दुई, सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २७८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ र देव खनालले ७२ रन बनाएको थिए। त्यस्तै, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रनको योगदान दिएका थिए। पपुवा न्यूगिनीका लागि अलेई नावले तीन, नर्मन भनुवाले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक-एक विकेट लिए।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्