भेनेजुएलामाथि अर्जेन्टिनाको सहज जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलामाथि सहज जित निकालेको छ ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक एक गोल गरे ।

यस जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ । विश्वकपमा यस अघि नै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ ।

भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्