एकदिवसीय क्रिकेटमा नेपाल र पीएनजीबीचको अन्तिम खेल आज

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ ।

दुई खेलको एकदिवसीय सिरिजमा पीएनजी १-० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ ।

एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्