इटाली विश्वकपमा छनोट हुन असफल

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - विश्वकप छनोटमा युरोकप विजेता इटालीलाई नर्थ म्यासेडोनियाले पराजित गरेको छ ।

यो पराजयसँगै इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ ।

बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो ।

इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले इन्जुरी समयमा निर्णायक गोल गरे ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।

अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्