टर्कीविरुद्ध पोर्चुगलको सहज जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - विश्वकप २०२२ को युरोपियन छनोटको प्ले अफ खेलमा पोर्चुगलले टर्कीविरुद्ध जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा १५ औं मिनेटमा ओटाभिओ मोन्टेइरो, ४२ औं मिनेटमा डिएगो जोटा र खेलको इन्जुरी समयमा माथ्युएस नुनेसले गोल गर्दै पोर्चुगललाई जित दिलाए । खेलको ६५ औं मिनेटमा बुराक यिल्माजले १ गोल फर्काए । यस जितसँगै पोर्चुगलले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । अब पोर्चुगलले प्ले अफ सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग खेल्नेछ । नर्थ म्यासेडोनियाले इटालीलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४७
प्रतिक्रिया दिनुहोस्