नेभिगेशन
मनोरञ्जन

नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँको आदेश

काठमाडौं – नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाह लाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बिहिबार जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले सो आदेश दिएको जनाइएको छ । एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । उनलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना