यू-१८ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपालले भारतसँग खेल्दैछ । भारतको जमसेदपुरमा जारी प्रतियोगितामा घरेलु टोलीसँग नेपालले बेलुका ७ : १५ बजे खेल खेल्न लागेको हो । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७-० ले हराएको थियो । भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ । तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । २ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार