उत्कृष्ट पुनरागमन गर्दै उल्भ्समाथि लिड्सको रोमाञ्चक जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले उल्भरह्यामप्टन वन्डर्रसविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा लिड्सले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको हो। पहिलो हाफमा २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिड्सले रोमाञ्चक जित हात पारेको हो।

खेलको २६ औं मिनेटमा जोनीले गोल गर्दै उल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २-० को अग्रता दिलाए।

तर, खेलको ५३ औं मिनेटमा राउल जेमिनेजले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो। ६३ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई २-१ को स्थितिमा ल्याए।

खेलको ६६ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २-२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ। उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५७
प्रतिक्रिया दिनुहोस्