नेभिगेशन
अर्थतन्त्र विविध

आज सुनको भाउ स्थिर

काठमाडौँ - नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर छ ।

आज छापावाल सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ ५ सय रुपैयाँ बढेको थियो ।

शुक्रवार चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध