निर्वाचन आयोगले दियो राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिह्न 'तीर' पाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएको अवस्थामा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको हो। बुधबार राप्रपा नेपालले विज्ञप्ति जारी गरी हाललाई ‘तीर’ चिह्न प्राप्त भएको जनाएको छ ।

राप्रपा नेपालले चुनाव चिह्न गाई माग्दै आएको थियो । तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’चिन्ह मागिएको राप्रपा प्रवक्ता सुरेश आचार्यले बताए।

निर्वाचन चिह्न गाई प्राप्त गर्न पार्टीले आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै हाललाई निर्वाचन चिह्न तीरलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनका लागि १७ नम्बरमा दल दर्ता रहेको राप्रपा नेपालले केही दिनअघि आयोगसँग ‘तीर’ चुनाव चिन्ह मागेको थियो। बुधबार आयोगले राप्रपा नेपाललाई ‘तीर’ चिन्ह दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि गत फागुन ७ गते थापाले राप्रपा नेपाल पार्टीको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३३
प्रतिक्रिया दिनुहोस्