नेभिगेशन
मनोरञ्जन

एक्सन जनरामा निर्माण हुने फिल्म 'समशेर' को फस्टलुक सार्वजनिक

काठमाडौं - चलचित्र 'समशेर' निर्माण हुने भएको छ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको यस फिल्ममा अभिनेता मनिष राउतको मूख्य अभिनय रहने भएको छ । उनी फिल्ममा समशेरको भूमिकामा देखिनेछन् । एक्सन जनरामा बन्न लागेको यस फिल्ममा नायिका फाइनल हुन बाकीँ रहेको छ । फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिने निर्माण टिमले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना