नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सुनको मूल्य    

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । 

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध