१६ वटा युट्युव च्यानलमाथि कारबाहीको सिफारिस

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस गरेको छ ।

काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको हो ।

शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९) को ठाडो उल्लंघन भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२८
प्रतिक्रिया दिनुहोस्