नेभिगेशन
मनोरञ्जन

यस्तो छ सरोज खनाल अभिनित ‘आधा खुशी’को ट्रेलर

खुशी खोज्दै भौतारिदा आधा खुशीमा रम्नेहरुको कथा भन्ने टेलिसिरियल ‘आधा खुशी’को ट्रेलर सार्वजनिक गरिएको छ । टेलिसिरियलमा सरोज खनाल, रिश्ता बस्नेत, सुष्मा कार्की, तेज गिरी, बिष्णु गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको  सिरियललाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । प्रदिप भारद्वाजको लेखन रहेको सिरियलमा हरि लामा घलेको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

टेलिसिरियल चैत्र ७ गतेबाट सिटीवान टेलिभिजन र ओएसआर डिजिटलमा प्रशारण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना