बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार, मंसिर ८, २०७९

सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलका अनुसार मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार