मोरङमा तीन छोरीले गरे आमाको काजकिरिया

शुक्रबार, मंसिर ९, २०७९

मोरङ – हिन्दुहरुको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइन्छ । 

बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि नेपाली समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । 

त्यस्तै समाजलाई चुनौती दिदै उदाहरणीय छोरी बनेका छन्, मोरङका दुई शिक्षिका दिदीबहिनी । मोरङ, सुन्दरहरैचा– ४, बासबारी निवासी दिपा खतिवडा र सुनिता खतिवडा अहिले अर्कि चेली सपना खतिवडा (सिलवाल) सहित आफ्नो दिबंगत आमाको सामुहिक क्रिया बसेका छन् । 

हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । खतिवडा दिदिबहिनी कोरा भित्र क्रीया बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दिपा र सुनिता अविवाहित हुन् । 

अर्कि बहिनी सपना भने विवाहित भएकाले सामाजिक रिति अनुसारकै संस्कार मानिरहेकी छिन् । आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि दिपा र सुनिता कोरामा क्रिया गरिरहेकी छिन् । ५५ बर्षिय आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछी  दुई दिदिबहिनीले क्रीया बसेको दिपा बताउँछिन् ।

सानो भाइ बोधराजको अल्पआयुमै मृत्यु भएपछी आफुहरु तीन छोरी मात्र रहेको र धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिइ क्रीया गरेका हौुं दिपा बताउछिन् । दिपा भन्छिन्- समाजमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए अन्यले काजक्रीया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्विकार्दैनौ ।

लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा आफुहरु क्रीया बसेको अर्कि छोरी सुनिता बताउछिन् । 

दिदीबहिनीको साहस देख्दा आमाको क्रीया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपना बताउछिन् । बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउन खतिवडा दिदिबहिनीले गरेको साहसलाई सामाजिक संजालमा धेरैले स्रहाना गरेका छन् ।

274601778_7029147387155696_4448571565056619214_n.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्