नेभिगेशन
मनोरञ्जन

एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' को प्रदर्शन मिति फेरि सर्यो   

काठमाडौं - फिल्म 'लप्पन छप्पन २' को रिलिज मिति सरेको छ  । मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म आगामी महाशिवरात्री अर्थात फागुन १३ गते प्रदर्शनमा आउने भनिए फागुन २० गतेका लागि सरेको छ ।  
 
सौगात मल्लर अनुपविक्रम शाहीको मुख्य भुमिका रहेको यस फिल्म लामो समयदेखि कोरोनाभाइरसको संक्रमणका कारण प्रदर्शनमा आउन सकेको थिएन । एक्सन जनरामा निर्माण भएको यस फिल्मलाई अब महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने भनिएकाृ थियो । तर अहिले केही पर सारिएको हो । 

फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन