नेभिगेशन
मनोरञ्जन

पत्रकार प्रकाश सुवेदी ‘बार्गेनिङ’मा फिल्मको प्रमोशन गर्छन्, नदिए चरित्र हत्या गरिदिन्छन्, प्रमाण यस्तो छ

काठमाडौं– रजतपट कार्यक्रम चलाउने पुराना फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि बार्गेनिङका आधारमा फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम, लगानीकर्ताको चरित्र हत्या गर्ने गम्भीर आरोप लागेको छ।

यो आरोप कसैले नभएर नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाई गरेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत लगाएका हुन्। 

संस्कृत विश्वविद्यलायमा पढेका उनको बार्गेनिङ प्रकरणमा पौडेलले यसो भनेका छन्। 

  • हाम्रो अभिमन्यु चलचित्र को media coordinator संग रजतपट टिमले promotion को लागी पैसा छुट्याएको छ कि छैन भनेर पैसा मागेपछि मैले हुदैन भने। चलचित्र राम्रो बनाको छु म यो पल्ट पनि रजतपटमा नगर्ने भनेछि दुश्मनी निकालन प्रकाश सुबेदी सरले मेरो बारेमा हिजोको एपिसोडमा रिपोट बनाउनुभएछ।
  • हुन त धेरै जना यस्तो बिषय आउदा डराएर चुपलाग्नु हुन्छ किनकि भोलि रजतपटटिमले रिलिज भएछि रिपोर्ट बनाएर फिल्मको बारे नराम्रो भनिदिनुहोला भनेर तर मलाई यो कुराको मतलब छैन।त्यहि प्रोडुसरको पैसा लिएर त्यहि प्रोडुसरको खेदो खनेको देखेकोछु मैले।
  • आखिर रजतपट लाई पैसा नदिदापनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी हैन र कि रजतपटलाई पैसा दिदैमा हिट हुने हो र ?
  • हेर्नु तपाईको जस्तो चिप्लो घस्न आउदैन। हाम्रा सिदा बात नो बक्वास। ल गित बुष्ट गरे, सोसलमिडियोमा कन्टेन्ट बुष्ट गरे, टिकट पनि काटे के मैले पाप गरेर कि अरुको पैसा ठगेर धम्क्याएर गरे? नितान्त मेरो गोजिको पैसा हालेर गरे के यसो गर्नु अपराध हो? मेरो फिल्को मार्केटिगं गर्न मैले आफ्नो हिसाबले नपाउने? के तपाईको कार्यक्रम मा मार्केटिगं गर्नु अनिवार्य हो। हामी फिल्म बनाउने मान्छे हो हजुर अरुको controversy बनाउने मान्छे हैन।
  • र अर्को कुरा पूर्णबहादुरको सारंगी को पैसा नहुदापनि मैले भात खाएकै थिए है र अहिले पनि त्यहि भात नै हो। पूर्ण बहादुरको सारंगीको पैसा को कोस्ले मिलेर हिनामिना तपाईलाई त पक्कै थाहा छ होला किनकि कस्ले कतिको बुष्टिगं गर्यो त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला र ???

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन